नेपाल प्रिमियर लिग : 'आज दुई खेल हुँदै '
प्लेअफका लागि पोखरा र चितवनलाई जित्नैपर्ने दबाब
काठमाडौँ, मङ्सिर । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्।
आजको पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ भने अपराह्न ४ः ०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
प्लेअफको दौडमा रहेको पोखरा एभेन्जर्सले पाँच खेलबाट जम्मा चार अङ्क जोडेको छ, त्यसैले प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ। काठमाडौँ गोर्खाजले भने ६ खेलबाट आठ अङ्क जोडेको छ।
अर्को खेलमा, १० अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको चितवनलाई पनि प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने बाध्यता छ।