२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोग भन्छ

राजनीतिक दलहरूको दर्ता आईतबारसम्म : ' संख्या १३९ पुगे '

शुक्रवार , मंसिर १२, २०८२

 

काठमाडौँ, मङ्सिर । निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनीतिक दलहरूको संख्या १३९ पुगेको छ । पछिल्लो एक महिनामा २१ वटा नयाँ राजनीतिक दल थपिएका छन् ।

आयोगमा सूचीबद्ध भएका दलहरूमध्ये प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धाका लागि १ सय ८ वटा राजनीतिक दलले पुनः दल दर्ता गराएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आइतबारसम्म तोकिएको छ ।

थप केही नयाँ दलको दर्ता प्रक्रिया अन्तिम चरणमा छन् । ती दर्ता भएर निर्वाचनमा भाग लिने गरी पुनः दर्ता गराएमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरूको संख्या अझै थपिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार