२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्रीको सेनालाई निर्देशन

सुरक्षा स्थिति बिश्लेषण : " चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन "

शुक्रवार , मंसिर १२, २०८२

 

काठमाडौँ, मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत बग्न नहुने बताएकी छन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण र निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिँदै उनले भनिन्, 'एक जना पनि घाइते हुनुहुँदैन ।'

यसअघिका चुनावको अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न उनले सेनालाई निर्देशन दिइन् ।

'मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,' उनले भनिन् ।

जेन-जी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गर्न पनि उनले निर्देशन दिइन् ।

' स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्नुहोस्,' उनले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार