काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आज दिउँसो बस्ने भनिएको बैठक आइतबारसम्मका लागि सारिएको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज दिउँसो २ बजे बस्ने भनिएको बैठक आइतबार दिउँसो २ बजेसम्मका लागि सरेको बताएका छन ।
undefined
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । तर बैठक किन सार्नु परेको भनी कुनै उल्लेख गरिएको छैन ।
पटक - पटक बैठक सारेर नेपालकै सबैभन्दा ठूलो दलले तमासा गरिरहेको भनी चर्को आलोचना भएको छ । पार्टीको यही मंसिरभित्रै गर्नुपर्ने चुनावी महाधिवेशन सार्नका लागि अनेक प्रचञ्च रच्न बैठक बस्न ढिलाइ गरेको भनी आलोचना भइरहेको हो ।