२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोग भन्छ

दल दर्ता अवधि मङ्सिर १४ सम्म : बुधबारसम्म १०६ दल दर्ता

बिहिवार , मंसिर ११, २०८२

 

 

काठमाडौँ, मङ्सिर । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अवधि मङ्सिर १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको बुधबार बसेको बैठकले सो निर्णय गरेको छ ।

एक सय ६ दल दर्ता यसअघि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि मङ्सिर १० गतेसम्मको अवधि तोकेको थियो ।

उनका अनुसार आयोगमा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार अन्तिम दिनसम्म एक सय ६ वटा दलबाट निवेदन प्राप्त भएको छ ।

यसैगरी, २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरुले सो निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि मङ्सिरर १ देखि ७ गतेसम्म तोकिएकोमा उक्त अवधिमा १३ वटा दलबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार