२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपिएल : बिराटनगर किङ्ससँग चितवन राइनोज बिजयी

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ, मङ्सिर । रन्जिक कुमार एक्लैले पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सलाई चितवन राइनोजको नमिठो झट्का लागेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो ।

विराटनगरको अपराजित यात्रामा बाधक बनेसँगै दोस्रो जित निकालेको चितवनले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । जितका लागि एक सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।

विराटनगरका लागि मर्सेन्ट डे लन्जले सर्वाधिक ३९ रन बनाए । यस्तै, प्रतिश जिसीले ३० र साम हिजलेटले २२ रन बनाए । विराटनगरलाई स्तब्ध बनाउन बलिङमा चितवनका रन्जित कुमारले पाँच विकट लिए । उनले चार ओभरमा २१ रन खर्चिएर विकेट लिएका हुन । रन्जित जारी एनपिएलको एउटै खेलमा सर्वाधिक पाँच विकेट लिने खेलाडी पनि बनेका छन ।

रन्जित प्लेयर अफ दि म्याच बने । यस्तै कमल ऐरीले दुई तथा सोहिल तन्वीर, सैफ जईव र कप्तान कुशल मल्लले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७४ रन बनाएको थियो । चितवनका लागि रवि बोपराले अर्धशतकीय पालि खेले । उनले ३८ बलमा तीन चौका र चार छक्काको सहोगमा सर्वाधिक ६५ रन बनाए ।

यस्तै सैफ जईवले ३२, कप्तान कुशल मल्लले अविजित २०, देव खनालले २८ र डेविड मलनले १७ रन बनाए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्सेन्ट डे लन्जले दुई दुई तथा शुभम् रन्जनेले एक विकेट लिए ।

हारसँगै चार खेलबाट ६ अङ्क बनाएको विराटनगर दोस्रो स्थानमा छ । यस्तै तीन खेलमा दोस्रो जित निकालेको चितवनले चार अङ्क बनाएको छ । एनपिएलअन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार