२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महाधिवेशन महाधिबेशन

महासचिव पोखरेलले भने : ' महाधिवेशनमा युवालाई प्राथमिकता '

सोमवार , मंसिर ८, २०८२

 

काठमाडौं, मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको ११ औं महाधिवेशनले युवा पङ्तिलाई नेतृत्वमा ल्याउन स्पष्ट आरक्षणको व्यवस्था गर्न लागेको बताएका छन ।

पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशन केन्द्रित प्रचार रणनीतिसम्बन्धी आजको बैठकमा महासचिव पोखरेलले सो कुरा बताएका हुन ।

पोखरेलले मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको क्लाइमेक्स दिनका रुपमा रहने पनि दाबी गरे । त्यस्तै, उनले आगामी महाधिवेशनले ५० प्रतिशत महिलालाई नेतृत्वमा ल्याउने नीतिसाथ अघि बढ्ने पनि बताए ।

महाधिवेशनले लोकतन्त्रको सुनिश्चत्ताका लागि प्रतिगामी कदमलाई निस्तेज पार्न स्पष्ट सन्देश दिने पनि बताए । पोखरेलका अनुसार एमालेले मंसिर २७ गते हुने उद्घाटन सत्रमा जनसहभागिता जुटाउनका लागि मुख्यतः बागमती, गण्डकी र मधेस प्रदेशमा व्यापक रुपमा जनपरिचालन गरिने बताए ।

एमालेले प्रतिनिधी चयनदेखि नेतृत्व चयनसम्म लोकतान्त्रिक विधि अपनाउने पोखरेलको भनाइ छ । पार्टीले नीतिमा छलफल नगरी नेतृत्वमा मात्र छलफल गर्ने तयारी गरेको छ भनेर पार्टीभित्रकै केही साथीहरुले भनेको सुन्छु ।

महासचिव पोखरेलले भने, नीतिका बारेमा हामीले भदौ २० देखि २२ गतेसम्म आयोजना गरेको विधान महाधिवेशनमा पर्याप्त छलफल गरेका छौं । त्यसैले अहिले नेतृत्वको बारेमा मात्रै छलफल र निर्णय हुन्छ ।

पार्टी तथा नेतृत्वलाई धेरैतिरबाट प्रहार भइरहेकाले त्यसलाई रोक्नका लागि सबै एकजुट हुन उनले आग्रह गरे । महासचिव पोखरेलले नेतृत्वविरुद्ध हुन सक्ने जस्तोसुकै प्रहारको सामना गर्न पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको बताए ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले आगामी महाधिवेशनले देश र जनताको पक्षमा स्पष्ट सन्देश दिनेगरी तयारी भइरहेको बताए ।

महाधिवेशन सफल पार्न पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुुक सबैको हातेमालोको खाँचो उनले औल्याए । स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको प्रचार योजनाको खाका प्रीतुत गरेका थिए । सो अवसरमा प्रचार कमिटीका सदस्य तथा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार