२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपिएल : कर्णालीका मार्क वाटको शतक, लुम्बिनी पराजित

शनिवार , मंसिर ६, २०८२

 

काठमाडौँ, मङ्सिर । कर्णालीका मार्क वाटले अविजित विस्फोटक शतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकलोको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्समाथि नौ विकेटको रवाफिलो जित निकाल्यो ।

जितका लागि लुम्बिनीले दिएको एक सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमा एक विकेटको क्षतिमा एक सय ६१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । कर्णालीका लागि मार्क वाटले ४४ बलमा ६ चौका र १२ छक्काको सहयोगमा एक सय १४ रन बनाए । जारी मार्क वाटको यो जारी एनपिएलकै पहिलो शतक हो ।

यस्तै विलियम बसिस्टोले अविजित २९ र ओपनर प्रियांक प्रान्चालले १२ रन बनाए । मार्क वार्ट प्लेयर अफ दिन म्याच भए । बलिङमा लुम्बिनीका शेर मल्लले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै रुबेन ट्रम्पलमानले अविजित २९, जोहानिस जोनाथन स्मितले २३ र डी आर्की शर्टले १९ रन बनाए । अन्य अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा कर्णालीका नन्दन यादवले दुई विकेट लिए ।

यस्तै सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट झारे । दोस्रो खेलमा पहिलो जित निकालेको कर्णालीले दुई अङ्क बनाएको छ ।

कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो । यस्तै दुई खेल खेलेको लुम्बिनीले पनि पहिलो हार खेपेको छ ।

लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । एनपिएलअन्तर्गत शनिबार नै साँझ डे नाइट खेलमा काठमान्डु गोर्खाज र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार