२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपिएल को दोस्रो दिन : ' मङ्गलबार दुई खेल हुँदै '

मंगलवार , मंसिर २, २०८२

 

काठमाडौँ,  मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिन मङ्गलबार दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।

अहिले चितवनले टस जितेर पहिले बलिङ रोजेको छ । टस हारेको कर्णालीले पहिले ब्याटिङ गर्दैछ । चितवनको कप्तानी कुशल मल्ल र कर्णालीको कप्तानी सोमपाल कामीले गरेका छन ।

दुवै टोली जित निकाल्दै दोस्रो सिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । यस्तै साँझ ४ : ०० बजे सुरु हुने अर्को डे नाइट खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हालेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार