देशभरको मौसम
पश्चिमी वायूको प्रभाव : ' यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना '
काठमाडौँ, कात्तिक । आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी र मधेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू- भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।