२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोग : राजनीतिक दलसँग निर्वाचन तयारी छलफल

बिहिवार , आश्विन ३०, २०८२

 

काठमाडौँ, असोज । निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल सुरु गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा अहिले आयोगमा दलहरूको बैठक बसिरहेको हो । प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुन चाहनेले कात्तिक मसान्त अगावै दल दर्ता गर्नुपर्ने जानकारी दिएका छन ।

फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । नयाँ आउने दललाई हामीले २०८२ साल कात्तिक मसान्त अगावै निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्छ ।

फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्छ । आयोगमा १२२ वटा दल दर्ता भएका छन् । यसका अतिरिक्त नयाँ दल दर्ता भइरहेका छन् ।

कात्तिक मसान्त अगाडि दर्ता भएको, प्रमाणपत्र लिएको, निर्वाचनमा आफ्नो घोषणापत्र र कार्यक्रममार्फत् सरिक हुन चाहने दलले चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् ।

छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार