२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आइसिसी टी २० क्रिकेट : ' २०२६ काे विश्वकपमा नेपाल छनोट '

बुधवार , आश्विन २९, २०८२

आइसिसी टी २० क्रिकेट : ' नेपाल २०२६ मा हुने विश्वकपमा छनोट '

काठमाडौँ, असोज । नेपाल आइसिसी टी - २० विश्वकपमा छनोट भएको छ। ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको खेलमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकपमा स्थान बनाएको हो।

नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी २० विश्वकप खेल्नेछ।

नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा छनोट भएको छ। नेपाल र ओमानले दुई खेल अगावै विश्वकपमा स्थान बनाएका हुन्। जितका लागि यूएईले दिएको दुई सय २६ रनको लक्ष्य पछ्याएको सामोआ पूरै २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रनमा समेटिएको हो।

अब युएई र जापानमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ। सुपर सिक्समा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ भने अन्तिम खेलमा शुक्रबार सामोआसँग प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्सको अंक तालिकामा ओमान र नेपाल समान ६- ६ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन्। यूएईले भने चार अङ्क जोडेको छ। अन्तिम खेलमा यूएईले जापानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार