२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सञ्चारमन्त्रीले सञ्चार माध्यमलाई भने : 'निर्वाचनको माहोल बनाउनुस् '

सोमवार , आश्विन २७, २०८२

 

काठमाडौँ, असोज । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले  निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन । सिंहदरबारस्थित मन्त्रालयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उनले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनको वातावरणका निम्ति भूमिका खेल्न आग्रह गरेका हुन ।

निर्वाचन निर्धारित समयमै हुन्छ, त्यसको वातावरण बनाउन तपाईं मिडियाकर्मीले भूमिका खेलिदिनुुस्, सञ्चारमन्त्री खरेलले भने, 'मुलुकलाई अगाडि बढाउनका लागि निर्वाचनको अर्को विकल्प छैन ।

मन्त्री खरेलले निर्वाचनको सम्पूर्ण तयारी भइरहेको र राजनीतिक दलहरू पनि निर्वाचनका लागि प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे ।

उनले भने, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुुपर्छ, त्यसको व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसुर बाँकी राख्दैन ।

सञ्चारमन्त्री खरेलले राजनीतिक दल र जेनजी समूहलाई संवादमा ल्याएर संवादहीनताको अन्त्य भएको भन्दै यसले निर्वाचनको वातावरण बनिरहेको उल्लेख गरे । मन्त्री खरेलले निर्वाचन सफल गराई मुलुकमा सुशासन प्रवर्धन, पुनःनिर्माण विकास सरकारको मूल दायित्व भएको बताए ।

उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको समर्थन रहेको स्पष्ट पारे । छलफलमा सहभागीहरूले निर्वाचनमार्फत मुलुकमा पद्दत्ति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन सुझाव दिए ।

साथै उनीहरूले निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूसँगको संवादलाई निरन्तरता दिनुपर्ने, सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाईनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार