२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इलाम पहिरो : ज्यान गुमाउनेको संख्या २३ पुग्यो, १२ बेपत्ता

आइतवार , आश्विन १९, २०८२

 

पाँचथर, असोज । इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका(६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ ।

यस्तै, देउमाई नगरपालिका-५ धुसेनीमा २, धारेमा १, सन्दकपुर गाउँपालिका-१ छाँगेमा १, माइजोगमाई गाउँपालिका-५ प्याङमा ४, माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका- १ रातमाटेमा १ र सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको सम्बन्धित पालिकाका जनप्रतिनिधि र स्थानीयले बताएका छन् ।

सन्दकपुर गाउँपालिका - ३, सुलुबुङमा एक बालिका बेपत्ता भएकी छन् । त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा २ जना गम्भीर घाइते भएका छन् ।

विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

उनका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्याएको छ भने माङसेबुङको पहिरो पीडितको उद्धारका लागि हेलिकोप्टर मगाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार