२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारको निर्णय : असोज १९ र २० गते देशभर सार्वजनिक बिदा

शनिवार , आश्विन १८, २०८२

 

काठमाडौँ, असोज  ।  जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा नेपाल सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र आगामी दुई दिन अझै ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान भएकाले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सावधानी अपनाउन अनुरोध गरिएको छ।

वर्षाका कारण वाढी, डुवान, भू- क्षयलगायतका जोखिम बढ्न सक्ने, साथै सडक र हवाई यातायात प्रभावित हुने सम्भावना रहेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार