२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोगले थाल्यो  मतदाता नामावली सङ्कलन सुरु

शुक्रवार , आश्विन १०, २०८२

 

काठमाडौँ, असोज । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन सुरु गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै आयोगले नामावली सङ्कलन पुनः सञ्चालन गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नामावलीमा नाम दर्ता गराउन १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिक जिल्ला निर्वाचन कार्यालय वा प्रदेश निर्वाचन कार्यालयमा पुग्नुपर्ने बताएका छन ।

आयोगले नामावली दर्ताका लागि २०८२ कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ । कात्तिक ३० पछि निर्वाचन कार्यक्रम सुरु हुने हुँदा नामावली सङ्कलनका लागि सो समयसीमा तोकिएको प्रवक्ता भट्टराईले बताए ।

सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ देखि बेलुकी ६ बजेसम्म नामावली दर्ता हुने छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार