२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशका विभिन्न स्थानमा वर्षा र पहिरो : ' पाँच मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध '

बिहिवार , आश्विन ९, २०८२

 

काठमाडौँ, असोज । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका- ३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका- २ पासाङल्हामु राजमार्गस्थित नेपाल- चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिक- ५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका- ४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन ।

उनका अनुसार नवलपरासी पूर्वस्थित पूव(पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली(मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार