काठमाडौँ, असोज । सार्वजनिक प्रशासन रुपान्तरण अभियानले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर उच्च पदस्थ कर्मचारीलाई हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
अभियानले राजनीतिक तथा उच्च प्रशासनिक नेतृत्वको अक्षमता, निहित स्वार्थ, अकर्मण्यता, अदूरदर्शिता र गैरजिम्मेवारीपनका कारण हालको परिस्थिति उत्पन्न भएको बताएको छ ।
तत्कालीन राजनीतिक नेतृत्वको बहिर्गमन भइसकेको सन्दर्भमा सोही राजनीतिक नेतृत्वसँग रही काम गरेका हालको प्रशासनिक नेतृत्वबाट रुपान्तरण सम्भव नहुने ठहर अभियानको छ ।
अभियानले भनेको छ, उच्च प्रशासकीय नेतृत्वकर्तासहित मतियारको रुपमा काम गर्ने जिम्मेवार पदाधिकारी एवम् कर्मचारीबाट तत्काल मार्ग प्रशस्त गर्न अनुरोध गर्दै पदाधिकारीहरुको बहिर्गमनको मागसहित प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।