२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 मुग्लिन- नारायणगढ सडक 

तुइन खोलामा भीषण पहिरो : मुग्लिन- नारायणगढ सडक पूर्ण अवरुद्ध

वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

मंगलवार , आश्विन ७, २०८२

भरतपुर, असोज । मुग्लिन- नारायणगढ सडक खण्डको तुइन खोलामा पुनः भीषण पहिरो खसेको छ । मंगलबार दिउँसो करिब ३ः२० बजे भीषण सुक्खा पहिरो खसेको सडक डिभिजन भरतपुरले जनाएको छ ।


सो पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो खस्नेक्रम नरोकिएकाले पन्छाउन समस्या भएको छ ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले बताइन्छ । जोखिमलाई ध्यानमा राख्दै सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले  सञ्चारकर्मीलाई जानकारी दिएका छन  ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोलास्थित सडकमा शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ । पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार फेरि सुक्खा पहिरो खसेको हो ।

पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार