२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उद्योगमन्त्री सिन्हाद्वारा पदबहाली

कर्मचारीलाई निर्देशन दिदै भने ' देशमै उत्पादित सामग्री प्रयोग गर्नु '

सोमवार , आश्विन ६, २०८२

 

काठमाडौँ, असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका छन । पदबहालीपछि उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

त्यसअवसरमा उनले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरी देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ' मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो । युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ । यसमा लाग्छौँ ।'

मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याए । उनले आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने आशा व्यक्त गरे । छ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ ।

कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु' मन्त्री सिन्हाले भने, 'जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ । ' मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम केका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार