२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' राष्ट्रपतिले संविधानलाई छिन्नभिन्न हुनबाट जोगाए ' : डा.कोइराला

चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह

शनिवार , आश्विन ४, २०८२

 

विराटनगर, असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन । विराटनगरस्थित कोइराला निवासमा पुगेर शनिबार निरीक्षण गर्नुभएका नेता कोइरालाले जनआन्दोलनको बिगुल फुकेको कोइराला निवासलाई जलाएर इतिहास मेटाउने प्रयास गरिएको टिप्पणी गरे।

उनले युवाहरूको आन्दोलनभित्र पसेर हिंसा गराउनेको विस्तारै पर्दाफास हुने र उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । डा. कोइरालाले आफ्नो जलेको निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाए ।

हालैको संसद विघटनको सन्दर्भमा बोल्दै डा. कोइरालाले यसलाई संविधानसम्मत नभएको तर, देशलाई थप क्षतिबाट जोगाउने विकल्पको रूपमा प्रयोग गरिएको स्पष्ट गरे ।

राष्ट्रपतिले संविधानलाई पूर्णरूपमा छिन्नभिन्न हुनबाट जोगाउन सफल भएको उनले बताए। डा. कोइरालाले नेपाली कांग्रेसका सबै कार्यकर्तालाई २१ फागुनमा तोकिएको चुनावको तयारीमा जुट्न आह्वान गरे ।

संयमता र निडरताका साथ निर्वाचनमा होमिन आग्रह गर्दै उनले प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता मागहरू अहिलेको संविधानले स्वीकार नगर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार