२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

फागुन २१ को निर्वाचन

गृहमन्त्री अर्यालले भने : ' शङ्का नगरी निर्वाचनको तयारीमा जुट्नुस् '

बिहिवार , आश्विन २, २०८२

 

काठमाडौँ, असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताएका छन ।

मन्त्री पद सम्हालेपछि चौथो दिन कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा आयोगका पदाधिकारी तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै गहृमन्त्री अर्यालले भने, ' निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ, नत्र फेरि अर्को विद्रोह जन्मन सक्छ, त्यसैले फागुन २१ को निर्वाचन सरकारको अर्जुनदृष्टिमा छ ।

निर्वाचन हुँदैन कि भन्नेमा शङ्का नगर्न र समयमै हुन्छ भन्ने सकारात्मक सोचका साथ तयारीमा जुट्न आग्रह छ । मन्त्री अर्यालले पाँच वर्षका लागि निर्वाचित भएर आएका जनप्रतिनिधि र निर्वाचित सरकार युवाहरूको आन्दोलनबाट विस्थापित भएको चर्चा गर्दै सबै राजनीतिक दल र सरोकारवालाहरूलाई निर्वाचनको तयारीमा जुट्न आह्वान पनि गरे ।

मन्त्री अर्यालले भने, ' विद्रोहपछिको ऐतिहासिक निर्वाचन हो, यस निर्वाचनबाट जेनजी समूहलाई राजनीतिको मूल प्रवाहमा आउने वातावरण सिर्जना गर्नु छ, उहाँहरूको सहभागिताले राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्ने छ, स्थापित दलहरू र विद्रोहबाट आएको नयाँ पुस्तालाई मान्य हुने निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ ।'

शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अवसर कसरी दिलाउन सकिन्छ र अन्तर्राष्ट्रिय समुदायले पनि मान्य हुने गरी स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार दृढ छ भन्दै मन्त्री अर्यालले निर्वाचनका लागि आवश्यक पर्ने भौतिक, कानुनी संरचना तयार गरेर जान सरकार तयार रहेको बताए । उनले त्यसका लागि सरकारले अध्यादेश ल्याएर भए पनि अगाडि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार