२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरको मौसम आज  

जलवाष्पयुक्त हावाको प्रभाव : ' यी प्रदेशमा भारी वर्षा हुने '

बिहिवार , आश्विन २, २०८२

 

काठमाडौँ, असोज । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसका साथै, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि परेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भू(भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार