२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज राष्ट्रिय शोक मनाइँदै :  ' राष्ट्रिय झन्डा आधा झुकाइयो '

बुधवार , आश्विन १, २०८२

 

काठमाडौँ, असोज । जेन- जीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ ।

मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।

सो घटनाको विरोधमा भदौ २४ गते मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७२ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी संरचनामाथि आगजानीसमेत भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार