२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू : नेपाली सेना

बुधवार , भाद्र २५, २०८२

 

काठमाडौँ , भदौ । नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो ।

सेनाका अनुसार अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको जानकारी दिएको छ ।

गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षति भएसँगै हाल काठमाडौँका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार