२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानसेनापतिको सम्बोधन

आन्दोलनरतलाई भने : असहज परिस्थिति बन्यो - ' वार्तामा आउनुस् '

मंगलवार , भाद्र २४, २०८२

 

काठमाडौं, भदौ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन ।

सम्बोधनका क्रममा उनले भने, ' राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गर्दछौं ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको उनको भनाइ छ । सेनापति सिग्देलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन ।

उनले थप जनधनको क्षति हुन नदिनसमेत अनुरोध गरेका छन । असहज परिस्थितिलाई सामान्यिकरण गर्दै सार्वजनिक र नागरिकको सम्पत्तिको रक्षा एवम नागरिकको सुरक्षाको प्रत्याभूति दिएर राष्ट्रको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार