२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जेनजी आन्दोलनका अगुवाको माग : ' अन्तरिम नागरिक सरकार गठन '

मंगलवार , भाद्र २४, २०८२

'

काठमाडौ, भदौ । नेपालमा जारी जेन(जी आन्दोलनका प्रमुख अगुवाहरूले प्रधानमन्त्रीको राजीनामासँगै ताजा जनादेशका लागि अन्तरिम नागरिक सरकार गठन गर्न माग गरेका छन्।

उनीहरूले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका १९ जना युवाहरूप्रति समवेदना व्यक्त गरेका छन्।

वक्तव्यमा उनीहरूले राज्यले आन्दोलनकारीमाथि अत्यधिक र क्रूर बल प्रयोग गरेको आरोप लगाएका छन्।

प्रहरीले ६२र६३ को जनआन्दोलनमा तत्कालीन तानाशाह सरकारभन्दा पनि बढी क्रूरता देखाएको र अस्पताल तथा नागरिकका घरमा समेत आक्रमण गरेको उनीहरूको भनाइ छ।

जेनजी आन्दोलनका मागहरू

१. घाइतेको उपचार र शहीद घोषणा : राज्यले सबै घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउनुपर्छ र आन्दोलनमा ज्यान गुमाएका प्रत्येक नागरिकलाई शहीद घोषणा गर्नुपर्छ।

२. प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकार : प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ र नयाँ चुनावको समयसीमा तोकी अन्तरिम नागरिक सरकार गठन गर्ने बाटो खोल्नुपर्छ।

३. सरकारको राजीनामास् वर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्छ।

४. प्रहरी महानिरीक्षकको राजीनामास् प्रहरी महानिरीक्षकले राजीनामा दिनुपर्छ र उहाँलाई जवाफदेही बनाइनुपर्छ।

५. दोषीमाथि कारबाहीस् हिजो नागरिकहरूलाई मार्ने प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक, प्रमुख जिल्ला अधिकारी र संलग्न प्रत्येक प्रहरी अधिकारीविरुद्ध मुलुकी फौजदारी संहिताअनुसार फौजदारी अनुसन्धान सुरु गरी मुद्दा चलाउनुपर्छ।

वक्तव्य जारी गर्ने अगुवाहरूमा अभिजीत अधिकारी, युजन राजभण्डारी, राक्षस बम, प्रदीप ज्ञवाली, मनिष खनाल, तनुजा पाण्डे र बिनोद देउवा लगायत रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार