काठमाडौँ, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।
ओलीले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । ओलीले मंगलबार साँझ सर्वदलीय बैठकसमेत बोलाएका छन् ।
स्रोत भन्छ, राजीनामापछि खोली सेनाको हेलिकेप्टरमा भागेका छन । उनी लुम्बिन्ी हुँदै दुवई कि जर्मन जाने भन्नेमा रहेको जनाईएको छ ।
ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओली २०४८ सालबाटै सांसद् बनेका ओली त्यसयता कुनै न कुनै रूपमा सत्तामा रहँदै आएका थिए ।
उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने ।
पछिल्लो पटक कांग्रेससँग मिलेर उनले सरकारको नेतृत्व गरे पनि जनअपेक्षा अनुसार काम गर्न नसकेपछि उनीप्रति व्यापक असन्तुष्टि सडकमा पोखिएको हो ।
अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् । 'हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ, एकजना युवाले भने ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।
जेन –जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन् भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।