२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

टी २० अभ्यास सिरिज : ' नेपाल ' ए' लाई उपाधि '

सोमवार , भाद्र १६, २०८२

 

काठमाडौँ, भदौ । आसाम प्रदेश क्रिकेट सङ्घ विरुद्धको टी - २० अभ्यास सिरिज नेपालले जितेको छ । भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो ।

यससँगै नेपालले सिरिज ३२ ले जितेको हो । जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो ।

आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाए। यस्तै साहिल जेन र कप्तान सुमित घडिअन्करले २५, २५ तथा सौरभ दिहिगाले १७ रन बनाए ।

बलिङमा नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले दुई दुई तथा बसिर अहमदले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । यस्तै शुभ कंसाकारले ४१  र इशान पाण्डेले ३२ रन जोडे । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई दुई विकेट लिए ।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नौ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो । सिरिजको उपाधि जित्ने पर्ने अन्तिम खेलमा नेपालले सानदार प्रदर्शन गर्न सफल भयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार