२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरको मौसम : ' यी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा '

अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह

सोमवार , भाद्र १६, २०८२

 

काठमाडौँ, भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।

हाल मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशभर साधारणतया बदली रहनेछ ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आज राती देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू- भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार