२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लिपुलेकबारे भारत र चीनलाई नोपालको - ' कूटनीतिक नोट '

शनिवार , भाद्र ७, २०८२

 

काठमाडौँ, भदौ । गत मंगलबार भारत र चीनबीच भएको सहमतिबारे नेपालले असन्तुष्टि जनाएको छ । यसैबीच, नेपालले दुवै देशलाई अलग अलग कूटनीतिक नोट पनि पठाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, सरकारले बिहीबार नै दुवै देशलाई कूटनीतिक नोट पठाएको हो । यसअघि पनि नेपालले भारतलाई सीमासम्बन्धी विवादमा चार र अन्यमा दुईवटा कूटनीतिक नोट पठाएको थियो ।

पछिल्लो पटक भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री वाङ यीले नेपाली भूमि लिपुलेकबाट व्यापार खुला गर्न भारतसँग सहमति गरेका थिए । उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै  नेपाल सरकारले कूटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले यसबारे टिप्पणी गर्न चाहेनन् ।

कूटनीतिक नोटमा भारतसँग स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान खोजिने र यसले नै निकास दिने भनिएको छ ।

नेपाल र भारतबीचका समग्र द्विपक्षीय विषयका कुरा गर्ने सबैभन्दा ठूलो औपचारिक संयन्त्र यही हो । यो दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुन्छ । त्यस्तै अर्को नापी विभाग अन्तर्गतका संयन्त्र पनि छन् ।

१४ अप्रिल १८५६ मा ब्रिटिस भारतले प्रकाशित गरेको नक्सा लन्डनको ब्रिटिस म्युजियम लाइब्रेरीमा छ। नेपाल भारतबीचको सीमा विवादमा काम गर्न नापी विभाग अन्तर्गत तीन वटा संयन्त्र छन् ।

नेपालको नापी विभागका महानिर्देशक र भारतका सर्भेयर जनरलको नेतृत्वमा बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लूजी) छ । यसको बैठक आलोपालो गरेर प्रत्येक वर्ष बस्ने कार्यविधि छ । गृह सचिवस्तरीय बाउन्ड्री वर्किङ ग्रुपको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएपछि जुलाई २२ र २३मा नयाँ दिल्लीमा बसेको थियो ।

यो बैठकपछि नेपाल -भारत सीमा कार्यदल जुन नापी विभागका प्रमुखको नेतृत्वमा हुन्छ, त्यसको पनि बैठक बसेको थियो । यी बैठकमा दुवै देशका बीचमा जारी सीमा विवाद कुटनीतिक माध्यमबाट टुंग्याउने सहमति भएको थियो ।

२०७० पछि कहिले - कहिले पठाइयो कूटनीतिक नोट?

  • जेठ २०७२ :               भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौता
  • २९ वैशाख २०७७     : नेपाली भूमि हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेको विषयमा
  • ७ मंसिर २०७७ :       नेपाल सरकारले नेपाली भूमि समावेश गरेर नक्सा जारी गरेको विषयमा
  • १० मंसिर २०७७ :      रकम भुक्तानी गरिसकेपछि कोभिड १९ को खोप प्राप्त नभएको विषयमा
  • २१ भदौ २०७८ :         जयसिंह धामी महाकालीमा बगेको र हेलिकोप्टर नेपाली भूमिमा उडाएको विषयमा
  • ५ भदौ २०८२ :          भारत र चीनका बीचमा व्यापार नाकाको सम्झौता

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार