२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो : ' १९ ढोका खुला '

मंगलवार , श्रावण २७, २०८२

 

इनरुवा (सुनसरी), साउन । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ ।

सोमबार राति ८ः०० बजे गरिएको मापन अनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार