२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ता पक्षसँग दुई बुँदे सहमति- 'जनताको हितका लागि ' : अध्यक्ष दाहाल

शनिवार , जेठ ३२, २०८२

 

मोरङ, जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड' ले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे ।

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताए ।

त्यस अवसरमा उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिकमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको आवश्यकता औँल्याए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार