२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जनताको बलबाट स्थापित गणतन्त्र - " पछाडि नफर्कने " : अध्यक्ष दाहाल

बुधवार , जेठ २९, २०८२

 

दाना (म्याग्दी) , जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड' ले मुलुुक पुुरानो व्यवस्थामा नफर्कने बताएका छन ।

अन्नपूूर्ण गाउँपालिका- ३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुुक पछाडि नफर्कने बताएका हुन ।

यो व्यवस्थाका कमी कमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ, उनले भने । साथै उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुुग्ने गरेको बताए ।

कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार