२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दाउन्नेमा सडक भासियो : " पूर्व- पश्चिम राजमार्ग अवरुद्ध "

शनिवार , जेठ ११, २०८२

 

पश्चिम नवलपरासी, जेठ । गएरातीको अविरल वर्षाका कारण पूर्व- पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो ।

केहि दिन अगाडी मात्रै पिच गरिएको सडक उप्किको छ भने सडकको करिव ८ मिटर भाग भासिएको छ । पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बर्दघाट र दुम्किबासमा सवारीहरू रोकिएका छन। सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरु अलपत्रमा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार