काठमाडौँ, जेठ । नेपाल सरकारले हिमाल बचाउने सन्देशसहित सगरमाथा संवाद २०२५ घोषणापत्र सार्वजनिक गरेको छ । सगरमाथा संवादको अन्तिम दिन आइबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
तीन दिने कार्यक्रम हामीले सफलतापूर्वक सम्पन्न गरेका छौं, उनले भनिन्, हामीले कार्यक्रमको मुख्य थिममा आयोजना गरेको जलवायु परिवर्तन, पवर्त र मावन भविष्यमाथि महत्त्वपूर्ण बहस र छलफल सम्पन्न गरेका छौं ।
यस संवादले जलवायु परिवर्तनले गर्दा हिमालमा बढ्दै गरेको जोखिम देखाउन सफल भएको र नेपालले उठाउन खोजेको विषय सफलतापूर्वक उठान गरेको उनको भनाइ छ ।
संवादमार्फत सहभागीले मानव भविष्यलाई सुरक्षित गर्ने प्रतिबद्धतामा सबै सहमति हुनुभएको छ, मन्त्री राणाले भनिन्, ' यसमा सबैलाई धन्यवाद भन्न चाहन्छु ।'