२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री शाह भारतीय विदेश सचिव मिश्री भेटवार्ता

सचिव मिस्रीले भने : " भारत भ्रमण सफल हुनेगरी तयारी गरिँदै "

भारतीय प्रधानमन्त्री मोदीको सन्देशबारे जानकारी

बिहिवार , कार्तिक २०, २०८३

 

काठमाडौं, कात्तिक ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

 

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरे। 

प्रधानमन्त्रीले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेका थिए।

भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए। 

उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरूले तयारी गरिरहेको बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। 

त्यस्तै भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए। 

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको उनले प्रधानमन्त्रीई जानकारी गराए।

 आजै यो मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको उनले प्रधानमन्त्रीलाई जानकारी गराए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार