२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आन्दोलनरत शिक्षक - सरकार वार्ता

शिक्षकको आन्दोलन : ' संवादबाटै टुंग्याउने दुबै पक्षबीच समझदारी'

शनिवार , बैशाख १३, २०८२

 

काठमाडौँ, बैशाख । शनिबार शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका अध्यक्षसहितका पदाधिकारीबीच भएको छलफलले वार्ता, संवादबाटै शिक्षकका माग सम्बोधन गर्नेबारे समझदारी भएको छ ।

शनिबार बिहान मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग वार्तामा बसेका थिए ।

उक्त वार्तापछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ' हामीले मन्त्रालयमा उपस्थित भएर हाम्रा कुरा राख्यौँ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलन को अडान हो र यसबाट महासंघ टसमस नहुने जानकारी गराइयो । '

महासचिव तुलाबहादुर थापाले मागबारे नवनियुक्त शिक्षामन्त्री पन्तलाई जानकारी गराएको र पुनस् वार्ता र संवादमा बस्ने निर्णय भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार