२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कक्षा १२ को परीक्षा

शिक्षक महासंघले भन्यो : ' केन्द्राध्यक्ष तथा शिक्षक काठमाडौं आउनुस् '

मंगलवार , बैशाख ९, २०८२

 

काठमाडौँ, बैशाख । सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक लगायत शिक्षकलाई काठमाडौं आउन अपिल गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै परीक्षा बहिष्कार गर्दै काठमाडौंमा जारी सडक आन्दोलनमा सहभागी हुन ताकेता गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा ११ गतेबाट सञ्चालन हुने परीक्षामा सहभागी नहुन शिक्षक कर्मचारीलाई आग्रहसमेत गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रमुख जिल्ला अधिकारीमार्फत निजामति कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने जनाउँदै आएको छ ।

बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको कुरामा ध्यानार्कषण भएको छ, ' महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा आग्रह गर्दछौं ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार