२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' याे सरकार आफ्नै बोझ थाम्न नसकेर ढल्छ ' : अध्यक्ष दाहाल

शुक्रवार , बैशाख ५, २०८२

 

कपिलवस्तु, बैशाख । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो बोझ आफैं थाम्न नसकेर ढल्ने अवस्था आउने बताएका छन् ।

कांग्रेस-एमालेलाई माओवादीले बोक्दा उनीहरुलाई फाइदा भयो,' उनले भने, 'अब हामी कसैलाई बोक्ने काम गरेर गल्ती गर्दैनौं ।'

कपिलवस्तुको बहादुरगंजमा शुक्रबार आयोजित तराई- मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका काम अवरुद्ध भएको बताए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको उनले आरोप लगाए । ओली सरकार भ्रष्टाचारीलाई रक्षा गर्नका लागि निर्माण भएको उनको टिप्पणी थियो ।

सरकारले कुलमान घिसिङ लगायतका व्यक्तिलाई हटाएर गलत क्रियाकलाप संचालन गरेको दाहालले बताए । उनले बुद्धस्थल तिलौराकोटको पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार