२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ओली सरकार : एमाले - कांग्रेस नेता कार्यकर्ता असन्तुष्ट - ' धेरै टिक्दैन '

'ओली सरकारमा बसिरहनुको अर्थ छैन' :अध्यक्ष दाहाल

मंगलवार , बैशाख २, २०८२

 परासी, बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढेकाले सरकार धेरै नटिक्ने बताएका छन् ।

जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई(मधेश जागरण अभियान’ अन्तर्गत आज पूर्वी नवलपरासी आएका अध्यक्ष दाहालले पत्रकार महासंघ नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेका नेताहरूसँग अनौपचारिक कुराकानी हुँदा सरकारप्रति सत्तासाझेदार र जनतामा चरम वितृष्णा फैलिएकाले केपी शर्मा ओली सरकारमा बसिरहनुको अर्थ नभएको जिकिर गरे ।

ओली नेतृत्वको सरकारदेखि जनता र कांग्रेस एमालेकै नेता कार्यकर्ता असन्तुष्ट छन्,उनले भने, ' अब यो सरकारको आयु लामो छैन् , भन्ने मेरो बुझाइ हो । शिक्षक , पत्रकार , लघुवित्त तथा विभिन्न राजनीतिक दल सडक आन्दोलनमा हुँदासमेत सरकारले मुकदर्शक बनेर बसेको दाहालको आरोप छ ।

आफ्नो पाटी सरकार र सत्तामा मात्र बढी केन्द्रित भएको आत्मालोचना गर्दै अहिले जनताको बिचमा आएको र माओवादीप्रति आम जनताको आशा र भरोसा रहेको अभियानका क्रममा आफूले महसुस गरेको बताए ।

अध्यक्ष दाहालले नवलपुरमा सहिद परिवारसँग भेटघाट र माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गरेका थिए । अभियानका क्रममा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा लगाएका नेता सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार