काठमाडौँ, माघ । प्रतिनिधि सभाको आज बसेको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद कानुन निर्माणको थलो नै भएको बताएका छन् ।
प्रतिनिधिसभाको पाँचौँ हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले भने, संसद्मा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो आउने गरेको पनि छ ।
'संसद्मा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको छ । संसद्मा संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक विचाराधीन छन्,' सभापति देउवाले भने ।
'कानुन निर्माणको थलो संसद् नै हो । तसर्थ हामीले आवश्यक कानुन बनाउन ढिलाइ गर्नु हुँदैन । म यस विषयमा माननीय संसदहरूको गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्न चाहन्छु ।'
संविधानको कार्यान्वयनसँग सम्बन्धित र नागरिकका सरोकारका विषयमा आवश्यक पर्ने थप विद्येयकहरू पनि सरकारले चाँडै संसद्मा पेस गरोस् भन्ने आग्रह गर्दछु ।'