२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कास्की  अदालत  : ' रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति'

मंगलवार , पौष २, २०८१

 

पोखरा, पुस । जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अनुमति दिएको छ । 

मंगलबार न्यायाधीश हिमलाल बेलबासे मंगलबारको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।

संगठित रुपमा सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा उनीहरू कास्की प्रहरीको हिरासतमा छन् । 

असोज ६ मा पक्राउ परेका जोशीलाई नवौंपल्ट र कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई आठौंपल्ट म्याद थप भएको हो । 

जोशी पक्राउ परेको दिनलाई आधार मानेर सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने प्रावधानअनुरुप अन्तिमपल्ट ४ दिनको म्याद थपिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको छ । 

मंगलबार सरकारी वकिल र रवि लामिछानेका निजी कानुन व्यवसायीले म्याद थपको पक्ष र विपक्षमा बहस गरेका थिए ।

सहकारी पीडितका तर्फबाट सरकारी वकिलले प्रतिवेदनको विश्लेषण गरेर मुद्दा चल्ने वा नचल्ने, चल्ने भए कस(कसलाई कुन–कुन अभियोगमा मुद्दा चलाउने भन्ने निर्क्यौल गर्न समय लाग्ने तर्क गरेका थिए । 

लामिछानेका कानुन व्यवसायीले भने प्रहरी अनुसन्धान प्रतिवेदन तयार भइसकेकाले थुनामा राख्न नमिल्ने तर्क गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार