२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल - चीन सम्बन्ध 

प्रधानमन्त्री ओलीको चीन भ्रमण  : " यस्तो छ चारदिने कार्य तालिका "

ओली प्रधानमन्त्री भएपछि पहिलो चीनको द्विपक्षीय भ्रमण

सोमवार , मंसिर १७, २०८१

 

काठमाडौँ, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश चीनको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन । 

ओली प्रधानमन्त्री भएपछि पहिलो चीनको द्विपक्षीय भ्रमण गर्न लागेका हुन । उनी आज बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको जनाइएको छ । 

प्रधानमन्त्री ओली निजी एयरलाइन्स हिमालयको चार्टर विमानमा चीन जान लागेका हुन् ।  ओलीको भ्रमण टोलीमा ३९ जना सरकारी र ४७ जना व्यापारिक क्षेत्रबाट रहेको जनाइएको छ । 

प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समय अनुसार आज, सोमबार,  बेलुकी साढे ५ बजे पुग्नेछन ।  

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । 

सोही द्विपक्षीय वार्तामा दुई मुलुक बीचका एजेन्डामा छलफलका साथै आपसी सहमति र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ । 

त्यसपछि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । 

साथै, सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन सोही दिने गर्ने छन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने छन् । 

भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि उड्ने छन् । उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।

 

सोमबार

  • बिहान ११ बजे काठमाडौंबाट उड्ने
  • बेलुकी साढे ५ बजे बेइजिङ पुग्ने

मंगलबार

  • चीनका प्रधानमन्त्री ली छ्यानसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने
  • चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने
  • चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने

बुधबार

  • पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
  • नेपाल- चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने
  • बेजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने

बिहीबार

  • बेइजिङबाट नेपालका लागि उड्ने
  • करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार