२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नेपाली कांग्रेस 

 संसदीय दल कार्यसमिति र दलको बैठक मंगलबार बस्ने

सोमवार , आश्विन १४, २०८१

 

काठमाडौँ, असोज । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मंगलबार बस्न लागेको जनाएको छ ।

उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार