२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 देशभर तीनदिनदेखि अविरल बर्षा

बर्षा र बाढीपहिरो  : " देशभर ३५ जनाको मृत्यु, ११ बेपत्ता "

एक सय ६२ स्थानमा भौतिक क्षति 

शनिवार , आश्विन १२, २०८१

 

काठमाडौँ, असोज । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको मृत्यु भएको छ ।

उपत्यकाबाहिर विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २३ जना तथा उपत्यका बाहिर १२ जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । 

सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले ७६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए । काठमाडौँमा ९, ललितपुरमा ९, भक्तपुरमा ५ र काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १(१ जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार