२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मुलुकभर अविरल वर्षा

गृहमन्त्री लेखकले भने  :' सरकारले उद्धार, राहत र घाइतेको उपचारमा काम गरिरहेको छ  

शनिवार , आश्विन १२, २०८१

 

काठमाडौँ, असोज । गृहमन्त्री रमेश लेखकले  मुलुकभर अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार, राहत र घाइतेलाई उपचारमा सरकार संवेदनशील भएर लागिरहेको बताएका छन् । 

गृहमन्त्री लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाको उद्धार र राहतमा सरकार गम्भीर भएर लागिरहेको जानकारी दिएका हुन् । 

कमान्ड पोस्टको सिंहदरबारमा शनिबार बिहान बसेको बैठकपछि गृहमन्त्री लेखकले बिहानसम्म काठमाडौंमा मात्रै साढे सात सयभन्दा बढी जोखिममा परेका मानिसलाई उद्धार गरिएको बताएका हुन् ।

देशभर धेरै जनधनको क्षति भएको, सडक, पुलपुलेसा बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज बनाउने काम भइरहेको गृहमन्त्रीको भनाइ थियो ।

‘अहिले काठमाडौंमा मात्रै साढे सात सयभन्दा बढी जोखिममा परेका मानिसहरूको उद्धार गरिएको छ । देशभर मानिसहरूले ज्यान गुमाएको स्थिति छ । सडक अवरुद्ध भएको, पुलहरू बगेको स्थिति छ । 

पहिरो, बाढी र डुबान भएको छ । त्यसलाई हामीले देशभरको सूचना संकलन गरेका छौँ । त्यसको मूल्यांकन गरेका छौँ,' लेखकले भने, 'जोखिममा रहेका मानिसहरूलाई नेपाल सरकार अत्यन्त गम्भीरतापूवर्क, अत्यन्त संवेदनशील भएर यो विपद्को घडीलाई हेरिरहेका छौँ । 

म सबै दिदिबहिनी दाजुभाईलाई आश्वस्त गर्न चाहन्छु, नेपाल सरकारले आफ्नो तर्फबाट उद्धार गर्ने काममा, राहत दिने काममा, घाइतेको उपचार गर्ने काममा र सडकहरू अवरोध भएको स्थिति, बाढी, पहिरोका कारणले पुल पुलेसा बगाएको अवस्थामा मानिसहरूलाई पुनःस्थापित र पुनः निर्माण गर्ने काममा हामी अत्यन्त गम्भीरतापूर्वक काम गर्नेछौँ ।'

गृहमन्त्री लेखकले सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेका मानिसहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्ने काममा सरकार संवेदनशील भएर खटेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार