२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

परराष्ट्रमन्त्री राणा -  अमेरिकी कार्यवाहक उपमन्त्री बास भेटवार्ता  

बुधवार , आश्विन ९, २०८१

 

न्युयोर्क, असोज । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राजनीतिक मामिलाको लागि अमेरिकी कार्यवाहक उपमन्त्री जोन बाससँग साइडलाइनमा भेटवार्ता गरेकी छन् । 

भेटका अवसरमा दुई मुलुकबीचको आर्थिक, विकास, व्यापार लगायतको विषयमा कुराकानी भएको थियो । राणाले अमेरिकाको महत्त्वपूर्ण सहयोगलाई लिएर धन्यवाद दिइन् ।

साथै, दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउदै जाने विषयमा पनि कुराकानी भएको न्युयोर्कस्थित राष्ट्र संघको लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

राणाले उक्त अवसरमा दुई मुलुक बीचको सम्बन्धलाई उच्चतहको भ्रमण आदान–प्रदानमार्फत अघि बढाउने विषयमा पनि छलफल भएको बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार