न्युयोर्क (अमेरिका), असोज । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।
उक्त कार्यक्रम न्युयोर्कमा आइतबार बेलुकी गर्ने तय भएको थियो ।
स्रोतका अनुसार, अमेरिकामा बस्ने नेपालीहरुबाट प्रधानमन्त्री ओलीको बिरोध गर्दै कालो झण्डा देखाएपछि सुरक्षा संम्बेदनशीलताका कारण कार्यक्रमा स्तगित भएको हो ।
कान्तीपुर लेख्छ, तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएपछि कार्यक्रम स्थगित गर्नु परेको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ ।
साथै, महावाणिज्य दूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको हो ।