२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बिरामी सुरक्षा दिवस

मन्त्री पौडेलले भने  : ' निदानात्मक सेवामा  सुधारका पहल गरिँदै '

मंगलवार , आश्विन १, २०८१

 

काठमाडौँ, असोज । स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा सुधारका पहलहरू भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले  जानकारी दिएका छन ।

बिरामी सुरक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री पौडेलले बिरामी सुरक्षाको सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा निरन्तर सुधारका पहलहरू भइरहेको जानकारी दिए । 

पहलहरूलाई अर्थपूर्ण बनाउन उपलब्ध स्रोत, उपकरण र जनशक्तिको उपयोग गर्दै बिरामीको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गरी निदानात्मक सेवालाई थप प्रभावकारी र सुरक्षित बनाउन उनले प्रतिबद्धता  गरे ।

यसका लागि आवश्यक वातावरण सिर्जना गर्न सरोकारवाला निकायलाई उनले आह्वान गरे ।

बिरामीलाई हुने हानी न्यूनीकरण गर्न बिरामी, स्वास्थ्यकर्मी, तथा नीति निर्माताबिच पारस्पारिक समझदारी र सहकार्यको विकास गर्न जरुरी रहेको मन्त्री पौडेलको ठहर छ ।

उनले भने, “बिरामीको रोगको सही र सुरक्षित निदान प्रक्रिया मार्फत निदानात्मक  त्रुटिहरूलाई न्यूनीकरण गर्न र प्रणालीगत तथा मानवीय क्षमता अभिवृद्धि गर्न बिरामी स्वयं, उनको परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्यलाई नेतृत्व प्रदान गर्न सबैको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐनलगायत उपभोक्ता  संरक्षण ऐनले समेत बिरामी सुरक्षालाई प्राथमिकतामा राखेको सन्दर्भमा हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘राष्ट्रिय बिरामी सुरक्षा कार्य योजना २०२४–२०३०’ ले यसका लागि थप दिशानिर्देशन गर्ने उनको विश्वास छ ।

बिरामीको रोगको सही निदानात्मक प्रक्रियालाई विशेष जोड दिएको, यस वर्षको विश्व बिरामी सुरक्षा दिवसको मूल नारा ‘निदानमा सुधार, बिरामी सुधार, बिरामी सुरक्षाको आधार’ रहेको छ ।

यो दिवसले बिरामी सुरक्षा गर्न आम नागरिकको चेतनामा अभिवृद्धि गर्नुका साथै बिरामी सुरक्षाको सुनिश्चितता गर्न नीतिहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बिरामीमा हुन सक्ने हानी न्यूनीकरण गर्न मद्दत गर्ने उनको भनाइ छ । मै प्रतिवेदन कार्यान्वयन गर्छ’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार